सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

५० वर्षीया रामप्यारीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

५० वर्षीया रामप्यारीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

काठमाण्डौ जेठ ३०, । उपचारको क्रममा बिरामीको मृत्युपछि चावहिलमा रहेको ओम अस्पताल अहिले तनावग्रस्त भएको छ ।
बिरामीको मृत्यु चिकित्सकको लापर्वाहीले भएको भन्दै आफन्तहरु नाराबाजी सहित अस्पताल घेरेको छन् । अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

गएको शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी ५० वर्षीया रामप्यारी थापा मगरको बिहीबार बिहान मृत्यु भएको हो । डाक्टर रविन कोइरालाले थापाको शल्यक्रिया गरेको बताईएको छ ।शल्यक्रियाका क्रममा सानो आन्द्रामा प्वाल पारिएको र त्यसलाई नटाली बाहिरको तह टालेपछि आन्द्राबाट फोहोर लिक भई शरीरभरि फैलिएको र इन्फेक्सनका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

बिरामी रामप्यारी आफै हिँडेर गएको बिहीबार जाँचका लागि ओम अस्पतालमा पुगेकी थिईन् । जाँचका क्रममा चिकित्सकले पित्तथैलीमा पत्थरी भएको र अप्रेशन गर्नुपर्ने बताएपछि भोलिपल्ट अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले भने बिरामीको अवस्था पहिले नै खराब भएको बताएको छ । ‘महिलाको पहिला नै पाठेघरको तीन पटक अप्रेशन भैसकेको रहेछ । अप्रेशन गर्नुभन्दा पहिला नै आफन्तलाई जोखिम हुन्छ भनेर भनेका थियौँ’, अस्पतालका निर्देशक केपी देवकोटाले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend