काठमाडौं, २९ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे मुख खोलेका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन् ।
उनले भने,समितिको निर्देशनलाई अध्ययन गरेर सकारात्मक निष्कर्षमा पुग्ने बताए । ,‘समितिले एक ढंगले निर्देशन र्गयो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं दाहालले भने, ।
मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । सरकार र पार्टी सतर्क भएको छ र आउने दिनेमा पर्याप्त गरेर गृहकार्य ल्याउनेतिर जान्छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend