काठमाडौं , जेठ २८ । हाम्रो समाजमा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएका छन् । कुनै बैला बलात्कार घटना समाज वा परिवार मै गुपचुप हुने गरेको भएता पनि समयको परिवर्तन संगै यस्ता घटना बाहिर आउँन थालेका छन् । साथै पत्याँउन नसक्ने खालका बलात्कारका घटना समाचार बनेर आउँन थालेका छन् । यस्तै छोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् ।
ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।
पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका उपसचिवविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
ललितपुर प्रहरीका अनुसार विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै उनले छोरीलाई बलात्कार गर्दै आएको खुलासा भएको छ । घटनाबारे आमालाई समेत जानकारी थियो । त
र, परिवारकै बेइज्जती हुने डरले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि नसुध्रिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ । पीडित किशोरी कक्षा १२ मा अध्ययनरत् रहेको बुझिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend