सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लोकसेवाको बिज्ञापन स्थगित गर्ने यस्तो छ तयारी ?

लोकसेवाको बिज्ञापन स्थगित गर्ने यस्तो छ तयारी ?

काठमाडौँ । लोकसेवा आयोगले गत जेठ १५ मा ९ हजार १ सय ६१ पदका लागि दरखास्त आह्वान गर्दै खोलेको विज्ञापन रद्ध गर्ने बिषयमा संसदको राज्यव्यवस्था समितिमा सहमति जुटेको छ । यही बिषयमा पछिल्लो ५ दिनदेखि बसिरहेको बैठक यस्तो निष्कर्षमा पुगेको हो ।
समितिको बैठक शुक्रबारमात्र दुई पटक बसेको थियो । यद्यपि वैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समितिमा अनुपस्थित रहे ।

आयोगले ९ हजार १ सय ६१ पदका लागि दरखास्त आह्वान गर्दा समावेशी समानुपातिक प्रतिनिधित्वलाई लत्याएको भन्दै सत्तापक्ष दलकै सांसदहरुले विरोध जनाइरहेका छन् । बैठकमा बोल्ने अधिकांश सांसदले विज्ञापन रद्द गर्न निर्देशन दिनुपर्ने बताएका थिए ।

सांसदहरू राजेन्द्र महतो, अमरेस कुमार सिंह, राजेन्द्र श्रेष्ठलगायतले आजै रद्द गर्न निर्देशन दिइनुपर्ने धारणा राखेका थिए । तर, सांसद दिलेन्द्र प्रसाद बडु, विजय सुब्बा र नवराज सिलवालले केही दिन पर्खिनुपर्ने धारणा राखेका थिए ।

राज्यव्यवस्था समितिको बैठकमा लोक सेवा आयोगले हालै खोलेको विज्ञापन रद्द गर्न निर्देशन दिने सहमति जुटेको छ। यस्तो निर्देशन दिने निर्णयको अन्तिम ड्राफ्ट बनाइपनि सरकारको धाराणा बुझ्न तीन दिन बैठक स्थगित गरिएको छ। समितिको आगामी बैठक भोली २७ जेठमा बोलाइएको छ ।

र भोली बस्ने बैठकले बिज्ञापन स्थगित गर्न निर्देशन दिने श्रोतको भनाई छ । आज सम्ममा ७० हजारले फाराम भरिसकेका छन्,बिज्ञापन रद्द भए पछी लोकसेवा घेराउ गरेर चक्काजाम गर्ने गरीका आन्दोलनका कार्यक्रम गर्न गुप्त योजना बनिसकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend