काठमाडौ २५ जेष्ठ । काठमाडौं । रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाका लागि आज र भोलि भाषा परीक्षा हुने भएको छ । परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिन पाउने भएका छन् । भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३ सय ५६ युवाले फर्म भरेका थिए । यो संख्या २००८ पछिकै सबैभन्दा बढी परिक्षार्थीको आवेदन हो । चैत ८ देखि दश दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फर्म भरेका थिए ।
आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ । यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ । दुई दिनका लागि तोकिएको परीक्षा दुई सिफ्टमा हुनेछ ।
पहिलो सिफ्टको परीक्षा १० बजे हुनेछ । दोश्रो सिफ्टको लागि दिउँसो १ः३० बजेको समय निर्धारण गरिएको छ । परीक्षार्थीलाई एक घण्टा अभिमुखीकरण तालिम दिने भएकाले इपिएस कार्यालयले निधारित समय भन्दा दुई घण्टा अघि नै परीक्षा केन्द्रमा प्रवेश गर्न आह्वान गरेको छ। परीक्षार्थीका लागि २८ केन्द्र काठमाडौंमा तोकिएको छ भने ४ केन्द्र पोखरा तोकिएको छ ।
आर्थिक कमाइको उत्कृष्ट गन्तव्य रहेको कोरियामा ५५ हजार बढी नेपाली युवाहरू रोजगारीमा रहेका छन्। दुई देशका सरकार बीच सम्झौता भई सरकारी तबरमा २००८ देखि नेपालले दक्षिण कोरियामा कामदार पठाउँदै आएको छ । परीक्षाको नतिजा असार १३ मा प्रकाशित हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend