सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

समावेशी आयोगका अध्यक्ष सुवेदी संग लोक दलका अध्यक्ष सिंहले मागे आरक्षणको माग

समावेशी आयोगका अध्यक्ष सुवेदी संग लोक दलका अध्यक्ष सिंहले मागे आरक्षणको माग

काठमाडौ जेष्ठ २० । पिछड़ा वर्गलाई जनसंख्याको आधारमा समानुपातिक सहभागिता गर्न लोक दलले माग गरेको छ । समावेशी आयोगका अध्यक्ष शान्तबहादुर सुवेदीलाई आरक्षणबारे माग पत्र बुझाउदै लोक दलले उक्त माग गरेको हो । एक समुह सहित आयोग पुगेका लोक दलको तर्फबाट अध्यक्ष कौशल कुमार सिंहको समावेशी आयोगका अध्यक्ष सुवेदीलाई मागपत्र बुझाउँदै आरक्षणबारे आयोगले सक्रियता देखाउनुपर्ने धारणा राखे ।

आयोगका अध्यक्ष सुवेदीले लोक दलले पिछड़ा वर्गको अधिकारबारे देखाएको चासोलाई सकारात्मक रुपमा लिदै आफूले संविधानभित्र रहेर पिछड़ा वर्गको अधिकारको लागि पहल गर्ने भविष्यमा लोक दलसंग सहकार्य गर्दै अगाडी बढ़ने बताए ।

भेंटमा लोक दलका अध्यक्षका साथै महासचिव सी एन खड्गा, कोषाध्यक्ष इन्दिरा शाह, केन्द्रीय सदस्यहरु योगेन्द्र पासवान, राम सिकिल चौधरी, अधिकलाल यादव, उपेन्द्र यादवको सहभागिता थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend