सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति छैन्‒ ‘प्रकाण्ड’

सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति छैन्‒ ‘प्रकाण्ड’

काठमाडौं जेठ, २० । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको बताएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रकाण्डले गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको विषयको खण्डन गरेका हुन् ।

उनले विज्ञप्तिमा आफनो पार्टीले प्रहरी चौकीमा आक्रमण गर्ने कुनै योजना नभएको उल्लेख गरेका छन् । प्रहरीले भने थप सुरक्षाका लागि विपदको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रमा पठाइसकेको छ । उनले नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति हाम्रो ध्यानाकर्षण छ भनेका छन् । यसअघि गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको सार्वजनिक भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend