सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण बारे सदनमा दिए जानकारी

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण बारे सदनमा दिए जानकारी

१४ असार ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे प्रतिनिधि सभाको शनिबारको बैठकमा जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले शनिबार साँझ संयुक्त राष्ट्र सङ्घको विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको बताएका छन्। स्पेनमा आयोजना हुने यो सम्मेलन एक दशकमा आयोजना गरिने बताएका छन्।

ओलीले असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरु हुने बताएका छन्। असार १५ गते स्पेन पुग्ने बताएका छन्। भ्रमण टोलीमा २१ जना सहभागी हुने बताएका छन्। भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताएका छन्।

त्यस्तै , स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको बताएका छन्। स्पेनका नरेशद्वारा स्वागत गरिने कार्यक्रममा १५ सहभागी हुने बताएका छन्।

ओलीले सदनमा बोली रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदन बहिष्कार गरेर बाहिरिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend