सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘एसईई’ को नतिजा सार्वजनिक; ६१.८१% विद्यार्थी उत्तीर्ण

‘एसईई’ को नतिजा सार्वजनिक; ६१.८१% विद्यार्थी उत्तीर्ण

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

१३ असार ,काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको हो । जसअनुसार यस वर्ष नतिजामा सुधार भई ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो । बोर्डका अनुसार, नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

त्यस्तै , वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend