काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८२/०८३ को बजेट संशोधनसहित बहुमतले पारित भएको छ । बजेटमा राखिएको ‘लेऊ र तिर’ (टेक एन्ड पे) विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) को प्रावधान संशोधन गरेर पारित गरिएको हो ।
मङ्गलबार ( १० असार , २०८२) बसेको बैठकले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको हो।
आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त विधेयक बहुमतले पारित भएको हो।
रास्वपा र राप्रपा अनुपस्थित
बजेट बहुमतले पारित हुँदा चौथो ठूलो दल रास्वपा र पाँचौँ ठूलो दल राप्रपा भने अनुपस्थित थिएनन। भिजिट भिसा प्रकरणको विषय उधिनेर उनीहरूले आज पनि बैठक बहिष्कार गरेका हुन्।
गृहमन्त्री रमेश लेखकको समेत संलग्नता देखिएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोगको माग गर्दै आएका रास्वपा र राप्रपाले जेठ १४ गतेयता संसद्मा नाराबाजी गर्दै आएका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend