सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पोखरा महानगरको ८ अर्ब ३८ करोडको बजेट नगर सभामा पेश

पोखरा महानगरको ८ अर्ब ३८ करोडको बजेट नगर सभामा पेश

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

९ असार , कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ८ अर्ब ३८ करोड १२ लाख रुपैयाँको बजेट नगर सभामा पेश गरेको छ। पोखरा सभागृहमा आइतबार ( ८ असार )  बसेको नगरसभा बैठकमा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरूङले आगामी वर्षका लागि बजेट तथा कार्यक्रम पेश गरेकी हुन्।

पोखरा महानगरको १७ औं नगरसभामा मेयर धनराज आचार्यले आइतबार नै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएपछि उपप्रमुख गुरूङले बजेट पेश गरेकी हुन्।

उक्त बजेटको स्रोतमा ३ अर्ब १ करोड ८१ लाख अर्थात् कुल बजेटको ३६.१३ प्रतिशत रकम संघीय सरकारको अनुदानबाट प्राप्त हुने र ५ अर्ब २३ करोड ३१ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६३.८७ प्रतिशत बजेट आन्तरिक आयबाट बेहोर्ने उल्लेख गरिएको छ।

महानगरले सबैभन्दा धेरै बजेट पूर्वाधार विकासमा विनियोजन गरेको छ। कुल बजेटको ४४.६४ प्रतिशत अर्थात् २ अर्ब ३३ करोड रुपैयाँ पूर्वाधार विकासमा विनियोजन गरेको छ।

त्यस्तै , नगर कार्यपालिकाको कार्यालयमार्फत् ९५ करोड अर्थात् १८.१९ प्रतिशत, सामाजिक विकासमा ३८ करोड अर्थात् ७.२८ प्रतिशत, आर्थिक विकासमा १८ करोड अर्थात् ३.४५ प्रतिशत, वडामार्फत खर्च गर्न १ अर्ब अर्थात् १९.१६ प्रतिशत र शहरी विकास, पर्यटन, वन तथा वातावरणमार्फत् ३८ करोड अर्थात् ७.२८ प्रतिशत बजेट विनियोजन गरेको उपप्रमुख गुरूङले बताइन्।

त्यस्तै , आगामी आर्थिक वर्षका लागि पोखराको पर्यटकीय पूर्वाधार विकास गर्ने, उत्पादनमूलक व्यवसायिक कृषि प्रणालीको विकास गर्ने, समानुपातिक विकास प्रक्रिया अवलम्बन गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग गर्ने, व्यवस्थित शहरीकरणको विकास गर्ने, समतामुलक समाज निर्माण गर्ने र आधारभूत शिक्षा र स्वास्थ्यको प्रत्याभुत गर्ने उद्देश्य राखेको बजेटमा उल्लेख छ।

महानगरले आगामी वर्षका लागि हरित उत्थानशील र दिगो पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेशी सन्तुलित र समतामुलक विकास, संस्थागत विकास र सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएको बजेटमा उल्लेख छ।

यसैगरी स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवर्द्धन र जवाफदेहिता र प्रतिश्पर्धी मानवस्रोत विकासलाई प्राथमिकता दिएको बजेटमा उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend