सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

४० हजार जनप्रतिनिधि देशको अर्थतन्त्रले धान्न सक्दैन : राजेन्द्र लिङदेन

४० हजार जनप्रतिनिधि देशको अर्थतन्त्रले धान्न सक्दैन : राजेन्द्र लिङदेन

८ असार ,काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले हाल देशमा रहेका ठुलो संख्याका  जनप्रतिनिधि देशले अर्थतन्त्रले धान्नै नसक्ने बताएका छन् । शनिबार ( ७ असार ) राप्रपाले गरेको विद्यार्थीसँग विचार विमर्श कार्यक्रममा उनले झन्डै ४० हजार जनप्रतिनिधि देशमा रहेको भन्दै धान्न नसक्ने बहेकोले पुनःसंरचना गर्नुपर्ने बताए ।

देशमा तीन तहको संरचना भएपनि  भारतको एउटा प्रान्त जस्तो जनसङ्ख्या नभएको देशमा  यति धेरै जनप्रतिनिधिको सङ्ख्या हुनु विस्मयको कुरा भएको उनले बताए  । वडा सदस्यदेखि लिएर राष्ट्रपति, उपराष्ट्रपतिमात्रै होइन, पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति लाई समेत जनताको कर र विदेशीसँग ऋण लिएर तलबभत्ता खुवाएर पाल्नुपरेको र यस्तो व्यवस्थालाई देशको अर्थतन्त्रले धान्न नसक्ने उनको भनाइ थियो।

राज्य संरचना, निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने उनले बताए । देशमा भ्रष्टाचार भए पनि अख्तियार, अदालत सबैतिर पार्टीको कार्यकर्ता भर्ती केन्द्र भएकै कारणले रोक्न नसक्ने उनको भनाइ छ:  ‘अख्तियारमा नेताले नियुक्ति गरेका मान्छे हुन्छन्, न्यायाधीश पनि नेताहरूले भागबन्डा गर्छन्, जिल्लाको न्यायाधीशको अगाडि राम्रो बहस गर्न जानेको हुँदैन, एउटा पार्टी पक्रेर सर्वोच्चको न्यायाधीश भइदिन्छ । अनि त्यो न्यायाधीशले आफूलाई नियुक्ति गर्नसक्दैन । त्यसैले नेता र व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend