सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं वार्षिक साधारण सभाले  १५ प्रतिशत लाभांश प्रदान गर्नुका साथै नयाँ कार्यकालको लागि संचालकहरुको निर्वाचन सम्पन्न गरेको छ।

बिहीबार ( ५ असार , २०८२) कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले आ.व. २०८०/०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा १० प्रतिशतका दरले नगद लाभांश रु.५२,१२,१३,३०८.२० र ५ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२६,०६,०६,६५४.१० साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.४,११,४८,४१८.७० नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब कायम गर्नुपर्ने पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा ५ प्रतिशतको वोनस शेयर थप भई कम्पनीको कूल चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६ पुगेको छ।

३७ वौं वार्षिक साधारण सभाबाट संस्थापक सदस्यहरुको तर्फबाट ३ जना संचालकहरु प्रेमा राज्य लक्ष्मी सिहं, रथी पवन बहादुर पाँडे (अ.प्रा) र कुशल मल्ली साथै सर्वसाधारण समूह तर्फबाट २ जना संचालकहरु कुलदीप शरण सिंह र भवानी राणालाई संचालक समितिमा निर्विरोध निर्वाचन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend