१ असार, काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ (Initial Public Offering) अर्थात् साधारण सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले असार ९ गतेदेखि आईपीओ खुला गर्ने जानकारी दिएको छ।
कम्पनीले कुल १ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको जारी पुँजीमध्ये ३८.३३ प्रतिशत, अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति प्राप्त गरिसकेको छ। यसअनुसार:
१० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गलकोट नगरपालिका, र बडीगाउँ गाउँपालिकाका स्थानीयहरूका लागि छुट्याइएको छ।
सर्वसाधारणमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये १० प्रतिशत (२ लाख ९१ हजार १५० कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ।
आवेदन प्रक्रिया
दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले असार २३ गतेसम्म अनिवार्य रूपमा आवेदन दिनुपर्नेछ।
स्थानीय बासिन्दाले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा साउन ६ गतेसम्म समय पाउनेछन्।
आवेदन कहाँबाट गर्ने ?
स्थानीय बासिन्दाले ?
ग्लोबल आइएमई बैंकको वामी शाखा
लक्ष्मी सनराइज बैंकको गलकोट शाखा
प्रभु बैंक गलकोट शाखा
दरम खोला पावरहाउस
मार्फत आवेदन दिन सक्नेछन्। यसका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले
सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था
मेरो सेयर पोर्टल
मार्फत आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धक
यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
दरमखोला हाइड्रोको यस सेयर निष्कासनले आयोजनाको प्रत्यक्ष लाभ प्रभावित स्थानीयहरूलाई वित्तीय सहभागिता प्रदान गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सुरक्षित लगानीको अवसर दिन सक्ने अपेक्षा गरिएको छ। यसले स्थानीय आर्थिक सहभागिता र सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend