काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक सहित गृह मन्त्रालय र कर्मचारीलगायत सबैको यथेष्ट प्रमाणसहित संलग्नता रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले शुक्रबार ( ३० जेठ ) प्रतिनिधिसभाको बैठकमा बोल्दै कात्तिकदेखि वैशाखसम्म अख्तियारले गृह मन्त्रालयलाई अध्यागमनमा बदमासी भइरहेको छ भनेर ९ चोटी पत्र काटेको बताए । ‘९ पटक पत्र काट्दा त्यहाँ किन ध्यान दिइएन ? आज किन कागजको खोस्टामा लेखिँदैछ । अख्तियारले धावा बोल्ने बेला भएपछि सबै आफ्ना कर्मचारीहरूलाई लुकाउन रातारात किन तानियो, यही उहाँको संलग्नता थिएन भने किन त्यो कर्मचारीलाई तानियो ?’ उनले प्रश्न गरे।
गृहमन्त्री रमेश लेखकको बदमासी बारे बोल्दै सांसद झाले मन्त्रीलाई आफ्नै मन्त्रालयबारे थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेका छन् भन्दै प्रश्न गरे । उनले यही मुद्दा उठाउँदा पार्टी सभापति रवि लामिछानेको ठाउँ सारी समेत रोकिएको दाबी गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend