सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार विजय हितानको ‘लाहुरेको रेलिमाई’ कृतिलाई प्रदान

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार विजय हितानको ‘लाहुरेको रेलिमाई’ कृतिलाई प्रदान

काठमाडौँ । साहित्यकार विजय हितानको आख्यान कृति  ‘लाहुरेको रेलिमाई’ लाई तेस्रो  संस्करणको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ। गैरआवासीय नेपाली संघको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार ( २३ जेठ ) काठमाडौँमा आयोजित  समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति, प्रसिद्ध कवि वैरागी काइँलाले कृतिकार विजय हितानलाई प्रदान गरेका हुन् ।

विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिदै आएको छ ।

समारोहका प्रमुख अतिथि रहेका कवि वैरागी काइँलाले पुरस्कृत आख्यानकार हितानले लाहुरेको रेलिमाई कृतिमा मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा बधाई दिए। त्यस्तै , नेपाली सेनाका अवकाश प्राप्त जनरल साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, पुलिसका अतिरिक्त साहित्यका सबै पाठककालागि रोचक हुन सक्ने बताए। आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको बताए। कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको हार्दिक कलमले मल्हम लाउन सिपालु भएको दाबी गरे।

पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्रसेन थापाको जीवनी माथि लामो खोज र अनुसन्धान पछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरणा मिलेको बताए।

उक्त समारोहका सभापति समेत रहेका आवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष एंव अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभाहरूलाई समेट्दै प्रोत्साहन गर्न यो पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend