बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी नभए निजामती कर्मचारी संगठनले आन्दोलन गर्ने

कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी नभए निजामती कर्मचारी संगठनले आन्दोलन गर्ने

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संगठनको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्दै तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ। नेकपा (एमाले) निकट कर्मचारीहरूको यस संगठनले बिहीवार ( २२ जेठ ) पत्रकार सम्मेलन आयोजना गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने बताएको छ।

संगठनले अघि सारेका माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले नेपाल निजामती कर्मचारी संगठनले कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको आवाज उठाउँदै आएको पत्रकार सम्मेलनमा बताइन्। उनले संगठनले विगतमा अघि सारेका माग सम्बोधन हुनुपर्ने मा जोड दिइन् ।

‘नेपाल कर्मचारी निजामती कर्मचारी संगठन कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको आवाज उठाउने संगठन हो। निजामती कर्मचारीको तीन वर्षदेखि तलब बढेको छैन। राष्ट्रबैंकले चार प्रतिशत महँगी बढेको देखाएको छ। हामी यसका विरुद्ध पनि आन्दोलनमा गर्न बाध्य भएका हौँ।’ , उनले भनिन् ।

त्यस्तै , कुनै पनि पदमा ५ वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्ष सोभन्दा बढी सेवा गरी योग्यता पुगेका कर्मचारीलाई एक श्रेणी बढुवा गर्नुपर्ने संगठनको माग छ। सरकारले संसद्को यही अधिवेशनबाट संघीय निजामती सेवा विधेयक पारित गर्ने तयारी गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend