सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अडिटर्स एसोसिएसनमा बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

अडिटर्स एसोसिएसनमा बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

२० जेठ ,काठमाडौं । देशभरका लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान) को सातौं राष्ट्रिय महाधिवेशनले बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा ८४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही जेठ १६ गतेदेखि १८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनले ९५ सदस्यीय कार्यसमिति बनाउने वैधानिक प्रावधान रहेको उक्त संस्थामा बाँकी ११ सदस्य केन्द्रीय सचिवालयले मनोनीत गर्ने वरिष्ठ उपाध्यक्ष दाहालले बताए ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डा. डोलप्रसाद (डीपी) दाहाललाई चयन गरेको छ ।  त्यस्तै , प्रथम उपाध्यक्ष झलकमणि लम्साल, द्वितीय उपाध्यक्ष पोषराज नेपाल र तृतीय उपाध्यक्ष भरतकुमार श्रेष्ठ र अन्य उपाध्यक्षहरूमा प्रदीपकुमार यादव, मीरा श्रेष्ठ, रमेश केसी, प्रेमबहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद ढुङ्गाना, बलराम चौधरी, योगमाया धमाला, चन्द्रबहादुर सुवेदी र बासुदेव जोशी चयन गरेको छ ।

महासचिवमा  तिलकबहादुर अधिकारी चयन भए । उपमहासचिवमा गणेश गिरी, जयाकुमारी झा, राम गोपाल महर्जन, कामोद झा, शिवराज बराल, पोषकलाल श्रेष्ठ, मधुसुदन भट्टराई, कुमारप्रसाद खतिवडा र हेमराज पौडेल छन् ।

सचिवमा माया बादे, गोकर्णप्रसाद आचार्य, जयधर्म पोखरेल, हिरारत्न बज्राचार्य, शिवजी पाण्डे, मेघराज पौड्याल, लिला भट्टराई, मोहम्मद जुवेर राई र मदन राज ओझा चयन भएका छन् ।त्यस्तै ,कोषाध्यक्ष आत्माराम चापागाईं, सह-कोषाध्यक्ष डिल्ली राम उपाध्याय सुवेदी रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend