१९ जेठ, काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डमा मारिएका राजपरिवारका सदस्यहरुको २३औं स्मृति दिवसमामा आज दीप प्रज्वलन कार्यक्रम सहित श्रद्धाञ्जली व्यक्त गरिदैँछ । हिमानी ट्रष्टको आयोजनामा हुने दीप प्रज्वलनको कार्यक्रम कमलादी गणेश मन्दिरमा राखिएको छ ।
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।
हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरुको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ ।
गणतन्त्रमा मौलाएको ‘दलतन्त्र’ , कुशासन , भ्रष्टाचार र दण्डहीनताको कारण हालैका दिनहरुमा संवैधानिक राजसंस्थाप्रती स्वतन्त्र नागरिकहरुको आस्था र आकर्षण बढ्दै गएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend