सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशभर सार्वजनिक यातायात ठप्प, जनजीवन प्रभावित

देशभर सार्वजनिक यातायात ठप्प, जनजीवन प्रभावित

काठमाडौँ, २५ असोजः काठमाडौँ सिंहदरबार पश्चिम ढोकाअगाडि भद्रकालीबाट देखिएको शुक्रबार दसैँको महानमवी दिन सवारीसाधन कम भएको सडक ।तस्बिरः हरिराम भेटुवाल÷रासस

१९ जेठ ,काठमाडौं ।  सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनका कारण सोमबारदेखि देशभर सार्वजनिक यातायात सेवा ठप्प भएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा गठित ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले देशव्यापी अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि सोमबार बिहानैदेखि काठमाडौं उपत्यका सहित देशभरका मुख्य सडकमा सार्वजनिक सवारीसाधन चल्न छाडेका छन्।

आन्दोलनकारी पक्षले सबै सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर बस्ने निर्णय लिएपछि यात्रुहरू अलपत्र परेका छन्। स्कुल, अफिस र अन्य आवश्यक कामका लागि निस्किएका सर्वसाधारण सडकमा सवारी नपाएर ठूलो समस्यामा परेका छन्। राजधानीको व्यस्त सडकहरू समेत सुनसान देखिएका छन् भने निजी सवारीसाधन र केही मोटरसाइकल बाहेक अन्य सवारी देखिन छाडेका छन्।

संगठनले गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ नियमावलीप्रति आपत्ति जनाएको छ। उक्त नियमावलीले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई व्यवसायिक रूपमा प्रयोग गर्न दिने व्यवस्था गरेको भन्दै यातायात व्यवसायीहरू आन्दोलित भएका हुन्। उनीहरूका अनुसार, यस्तो व्यवस्था आएपछि कर तिर्ने, बीमा गर्ने र नियमनमा रहने व्यवसायिक सवारीलाई अन्याय हुने, प्रतिस्पर्धा असमान हुने र सार्वजनिक यातायात प्रणाली नै धरापमा पर्ने खतरा छ।

यातायात व्यवसायीहरूले आइतबार जारी गरेको विज्ञप्तिमा आन्दोलनबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने बताएका छन्। साथै, सार्वजनिक यातायात जोगाउनका लागि आम यात्रु, मजदुर, कर्मचारी र सरोकारवाला सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट समर्थन गर्न अपिल गरिएको छ। आन्दोलन कत्तिको दीर्घकालीन हुने हो भन्नेबारेमा अझै स्पष्ट नबनिए पनि यसको असर आम जनजीवनमा गहिरो देखिन थालेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend