बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आरोह फर्टिलाइजर्सको जैविक मल- ‘हरियो नेपालतर्फको उल्लेखनीय पाइला’

आरोह फर्टिलाइजर्सको जैविक मल- ‘हरियो नेपालतर्फको उल्लेखनीय पाइला’

१५ असार ,२०८१। आरोह फर्टिलाइजर्स प्रा. लि. ले नेपालकै पहिलो जैविक ( बायो अर्गानिक ) मलको उत्पादन गर्न थालेको छ। धनुषा जिल्लामा स्थापना गरिएको उत्पादन केन्द्रबाट कम्पनीले जैविक मलको उत्पादन शुरु गरेको हो।

आरोह फर्टिलाइजर्स प्रा. लि. का संचालक शैलेन्द्र शमशेर राणाले “हरियो नेपाल तर्फ एक पाइला” भन्ने अवधारणा अनुसार यो मल वातावरण मैत्री, माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको बताएका छन् । यससम्बन्धी जानकारी दिन शुक्रबार ( १४ असार ) आयोजित कार्यक्रममा राणाले हिमाल, पहाड तराई/मधेशको ७७ जिल्लाको माटोमा परिक्षण पश्चात कृषकको लागि उपयुक्त रहेको प्रमाणित गरेपछि नेपाली बजारमा पहिलो पटक यो मल ल्याउन लागेको जानकारी दिए।

नेपाल एउटा कृषि प्रधान देश भएपनि किसानले आफ्नो हरेक उत्पादन (बालि) मा मलको कमी भोग्दै आउनु परेको र रासायनिक मलको जथाभावी प्रयोगले गर्दा जमिनको माटोको उत्पादन क्षमता घट्‌दै गएको तथा मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेको अवस्थाको अन्त्य गर्नको लागि पहल गरेको कम्पनीले जनाएको छ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति र उद्योग विभागको स्वीकृति अनुसार आधुनिक प्रविधिको प्रयोग गरि नेपालको पहिलो बायो अर्गानिक (जैविक) मल उद्योग स्थापना हुन् सफल भएको कम्पनीले जनाएको छ।

यस्ता छन् आरोह फर्टिलाइजर्स प्रा. लिले उत्पादन गर्ने मुख्यतया तिन किसिमका जैविक मलहरु :-

१) आरोह बायो (जैविक) तरल मल -आरोह यजो फाइबर प्लस

– आरोह आज्टो नोड केयर

– आरोह बायो पोटास

– आरोह बायो एन.पी. के

– आरोह बायो पी. एस. बि

– आरोह जेडएन बुस्ट

२) आरोह बायो (जैविक) दानेदार र पाउडर मलहरु-
– आरोह बायो अर्गानिक फर्टिलाइजर

-आरोह बायो पी. आर. ओ. एम.

-आरोह बायो पोटास

-आरोह वायो कम्पोस्ट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend