बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

लाइफ इन्स्योरेन्स कर्पोरेशनको २२औं साधारणसभा सम्पन्न

लाइफ इन्स्योरेन्स कर्पोरेशनको २२औं साधारणसभा सम्पन्न

लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपालको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ललितपुरमा बिहीवार (१३ असार) सम्पन्न सभाले सञ्चालक समितिले प्रस्तुत गरेको कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ ।

समीक्षा आ. व. को लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित भएको छ ।

यसका साथै सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक प्रणय कुमारले आगामी दिनमा शेयरधनीहरुलाई क्षमता अनुसारको प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

साथै, उनले अभिकर्ताहरु भनेको कम्पनीको मेरुदण्डको रुपमा रहेकाले सेवा सुविधामा समेत कम्पनीले विशेष ध्यान दिने बताए ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले गत जेठ ३२ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा जेठ ३१ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend