बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एसईईको परीक्षाफल शुक्रबारसम्ममा प्रकाशित गर्ने तयारी

एसईईको परीक्षाफल शुक्रबारसम्ममा प्रकाशित गर्ने तयारी

१२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल पर्सी शुक्रबारसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै तयारी पूरा गरी परीक्षफल प्रकाशित गर्ने क्रममा रहेको बताए । उनले सकेसम्म बिहीबार, नभए पर्सि शुक्रबारसम्ममा परीक्षाफल प्रकाशित हुने जानकारी दिए ।

बोर्डका अनुसार यो वर्षको परीक्षामा प्रयोगात्मकलाई आन्तरिक भनेर उल्लेख हुने छ। सैद्धान्तिक र आन्तरिकको अलग अलग ग्रेडप्वाइन्ट र ग्रेड उल्लेख हुने बताइएको छ। परीक्षामा ३५ प्रतिशत अंक प्राप्त नगर्नेको परीक्षाफलमा ‘नन्ग्रेडेड’ उल्लेख गर्ने व्यवस्था गरेको छ। नन्ग्रेडेडको व्यवस्था सैद्धान्तिक र आन्तरिक दुवैमा लागू हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend