८ असार , काभ्रे । नेपाल मदिरा व्यवसायी महासंघको १८औं वार्षिक साधारण सभा प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष सोनाम शेर्पाको सभापतित्वमा शनिबार (८ असार )सम्पन्न साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष दिनेश श्रेष्ठ , नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डे लगायत देशभरिका मदिरा व्यवसायीहरुको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले मदिरा व्यवसायीहरूले राज्यलाई तिर्ने कर अनुसारको सहुलियत र सुविधा पनि राज्यले दिनुपर्ने बताए । हरेक वर्षको बजेटमा मदिरा र सुर्तीजन्य वस्तुको कर बढाउनु पनि अनुचित हुने उनले बताए । निर्माण , सेवा र व्यापार सबै क्षेत्र अस्तव्यस्त भएको र उच्च व्याजदरको कारण व्यवसाय गर्न कठिन भएको कारण सरकारले यी समस्याहरु समाधान गर्न ढिलो गर्न नहुनेमा उनको सभापति चालिसेको जोड रहेको थियो।

मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले विद्यमान कानुन व्यवसायीमैत्री नहुनुको साथै नियामक निकायहरु विशेष गरी राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभागद्वारा व्यवसायीहरु माथी धरपकड तथा अमर्यादित व्यवहार हुने गरेकोमा असन्तुष्टि व्यक्त गरे। मदिरा व्यवसाय राज्यकै सबैभन्दा बढी कर तिर्ने क्षेत्र भएकाले त्यही अनुसारको । मदिरा व्यवसायमा अहिले रहेको १.५% मार्जिनबाट व्यवसाय चल्न नसक्ने हुनाले यसमा वृद्धि गर्न अत्यावश्यक भएको अध्यक्ष शेर्पाले बताए ।
कार्यक्रमको संचालन मदिरा व्यवसायी महासंघका महासचिव गोविन्द प्रसाद बरालले गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend