सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विश्व किसान संगठनको संचालकमा पाठक निर्वाचित

विश्व किसान संगठनको संचालकमा पाठक निर्वाचित

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100?

६ असार ,काठमाडौँ । विश्व भरका किसानहरूको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को संचालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् । एफएओको मुख्यालय इटालीको रोममा भएको सम्मेलनबाट ऊनी संचालक चयन भएका हुन् ।

पाठक नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षसमेत रहेका छन् । ऊनी एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् । पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

यसबाट किसान र कृषि क्षेत्रको रुपान्तरणका लागि सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्च तह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व भएको छ  । गरिबी निवारण, सानाकिसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधारसहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय पाठक इटालीको रोममा भएको विश्व किसान संगठनको महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend