बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको ‘आईपिओ’ प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको ‘आईपिओ’ प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

४ असार ,काठमाडौँ । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ ।साथै , आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

असार २ गते आयोजित एक कार्यक्रममा आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कम्पनीको जारी पुँजी रकम रु.१ अर्ब ७८ करोड ५८ लाख को ३० प्रतिशतले हुन आउने रु.५३ करोड ५७ लाख ४० हजार शेयर पुँजी बराबरको रु.१०० अङ्कित दरको ५३,५७,४०० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend