सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘क्लाइमेट फाइनान्स’ अनुरुप आर्थिक सुधारका कार्यक्रम ल्याउनुपर्छ: डा.स्वर्णिम वाग्ले

‘क्लाइमेट फाइनान्स’ अनुरुप आर्थिक सुधारका कार्यक्रम ल्याउनुपर्छ: डा.स्वर्णिम वाग्ले

२ असार ,काठमाडौँ । आर्थिक मामिलाका विज्ञ रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले अब जलवायु अनुकुलन गर्नसक्ने ‘क्लाइमेन्ट फाइनान्स’ बुझेर नयाँ चरणको आर्थिक सुधारका कार्यक्रमहरु ल्याउन सक्नुपर्ने बताएका छन् ।

यस्ता  कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि उनले  सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।

आज आइतबार प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

अर्थविद सांसद रहेका वाग्लेले रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।

उपसभापति वाग्लेले भने, ‘यसपालि फण्ड नछुट्ट्याइएको तर यो बजेटको सबभन्दा महत्त्वपूर्ण अंश, जुन अलिखित छ– नयाँ चरणको आर्थिक सुधार । त्यसमा असाध्यै ध्यान दिन पनि म हार्दिक आग्रह गर्दछु । प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेन्डामा हामी प्रवेश गर्नुपर्ने भयो । त्यसमा लगानी पुगेको छैन । लागत घटाउनुपर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो’ , उपसभापति वाग्लेले भनेका छन् ।

‘ क्लाइमेट फाइनान्स’ नै अबको विकास फाइनान्स भएको कुरालाई सरकारले बुझेर त्यसैअनुरूप योजनाहरु ल्याउनुपर्ने सुझाव उपसभापति वाग्लेले सरकारलाई दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend