काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले पन्ध्रौं र सोर्हौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष रञ्जना दहालको अध्यक्षतामा जेठ २८ गते ,सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/७९ र आ.व. २०७९/८० को कम्पनीको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, लेखा परिक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि सभाबाट पारित भएका छन् ।

सभाले कम्पनीको स्वतन्त्र संचालकमा गरिएको नियुक्तिलाई अनुमोदन गरेको छ।
यस कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकामा ४.५ मेगावाटको माइखोला जलविद्युत आयोजना र माईखोला नगरपालिकामा ८ मेगावाटको माईखोला क्यास्केट जलविद्युत आयोजना सम्पन्न गरेर विद्युत उत्पादन गर्दै आएको छ। हाल कम्पनीको अधिकृत , जारी र चुक्ता पूँजी रु. २ अर्ब ८० करोड रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend