सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने

२७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् । प्रधानमन्त्री पदमा मोदी तेस्रो पटक नियुक्त भएका छन । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोह आइतबार साँझ ७ः १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएका छन् । निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend