बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जसपाको विधान अधिवेशन आजबाट सुरु

जसपाको विधान अधिवेशन आजबाट सुरु

खबरब्रेकिंग,काठमाडौं,असार १० गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ।
केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन्। विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ। मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्न लागेका हुन्। यसअघि शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट विधानको मस्यौदालाई अनुमोदन गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend