खबरब्रेकिंग,काठमाडौं,असार १० गते । मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्व रुपैयाँको क्षति पुगेको छ। पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका १० वटा आयोजनामा यो परिमाणको क्षति भएको प्रवर्द्धक कम्पनीहरुले बताएका छन् ।
यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत आयोजनाहरुमा क्षति पुयाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० ले जनाएको छ । बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ वटा आयोजनामा करिब ६ अर्व रुपैयाँबराबरको क्षति भएको छ।
विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी(१ मा मात्रै ५० करोडबराबरको क्षति भएको छ। उत्पादनको चरणमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोलामा १ अर्व रुपैयाँको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए।
भौतिक हिसावले सबैभन्दा धेरै ४।७ मेगावाटको अपर पिलुवा९२ जलविद्युत आयोजनामा ९० करोडको क्षति भएको मेन्छ्याम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य
दीपक खड्काले बताए । उनका अनुसार यो आयोजनाको हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउसलगायतका भौतिक संरचनामा पूर्ण रुपमा क्षति भएको छ।
आयोजना पुनर्निर्माणका लागि दुई वर्षभन्दा बढी लाग्ने देखिएको छ। त्यस्तै, १४।९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुंगानाले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend