सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण विभाग प्रमुखमा अनीलकेशरी शाह

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण विभाग प्रमुखमा अनीलकेशरी शाह

७ असार ,काठमाडौं । प्रसिद्ध व्यक्तित्व अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख बनेका छन्। प्रसिद्ध बैंकर तथा उत्प्रेरक व्यक्तित्वको परिचय बनाएका शाह केही दिनअघि रास्वपा प्रवेश गरेका थिए ।

रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले  उनलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए। पार्टी सभापति रवि लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए।

शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

उक्त अवसरमा   शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताएका छन् ।  रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र आफ्नो सोच मिलेको पनि बताए । ‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’

रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।

त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको उनले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend