खबरब्रेकिंग,काठमाडौं, असार ४ गते ।उद्धव प्रसाद मिश्र कलाकारीता संगै राजनीतिमा प्रवेश गरेका हुन । राजनीतिमा चासो राख्ने मिश्र देख्दा इमानदार देखिन्छन । जीवनमा उनले धेरै पार्टी फेरवदल गरे तर कुनै पार्टीमा सन्तुष्टि भने हुन सकेनन् । उनले राजनीतिलाई समाजसेवाका रुपमा हेर्छन । बाँच्नका लागी उनले सानो खाजा पसल चलाएका छन । रास्ट्र्बादी एकता पार्टीका नेता उद्धव प्रसाद मिश्रसंग गरिएको छोटो कुरा कानी ।
के छ खवर ? अहिले के गदै हुनुहुन्छ ?
ठिक छ, बाँच्नका लागी सानो खाजा पसल चलाएको छु । फुर्सद निकालेर राजनीति पनि गर्छु । राजनीति मेरो रुचिको बिषय हो । राजनीति मार्फत देश र जनताको सेवा गर्न चाहान्छु । राजनीति भनेको समाज सेवा हो । हाम्रो देशमा राजनीतिका नाममा ब्यापार ब्यावसाय फस्टाएको छ । यसको बिरुद्ध राजनीति गर्न जरुरी छ । देशमा इमान्दार नेता भएनन् सबै बेइमानी भए । त्यस कारणले देश पछाडी परेको हो । देशलाई अगाडी बढाउन म राजनीति गदै छु ।
तपाईले त धेरै पार्टी फेरवदल गर्नु भयो यसरी अघि बढन सकिन्छ र ?
म अघि बढनु छैन, देश र जनता अघि बढनु पर्छ । देश र जनताका निम्ति राजनीति गर्छु भन्नेले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्छ । तपाइले भन्नु भयो पार्टी फेरवदलका कुरा यो मेरो बाध्यता हो, रहर होइन । म सुरुमा नेपाली काँग्रेसवाट राजनीति सुरु गरेको हु । त्यो पार्टीवाट देश र जनताको हित हुदैन भन्ने देखेर पार्टी छोडेको हुँ । त्यस पछि बीचमा स्वतन्त्र भएर बसे । धेरै पछि नेपाल सुशासन पार्टीको संस्थापक केन्द्रिय सदस्य भए । यो पार्टीले पनि गति लिन नसके पछि पदबाट राजीनामा दिए र रास्वपामा गए । यो पार्टीबाट पनि केही हुदैन जस्तो लागेर रास्ट्र्बादी एकता पार्टीमा लागेर काम गदै छु ।
यो कस्तो पार्टी हो ?
देश भक्त र रास्ट्र्बादी शक्तिलाई एक ठाउँमा लिएर अघि बढने पार्टी हो । यसमा इमान्दार नेता कार्यकर्ता बनाएर अघि बढछौ । हामी भेला संगठन गरिरहेका छौ । बिचारको राजनीति लिएर अघि बढछौ । असार ७ गते पनि भेला राखेका छौं ।
भेला कहाँ राख्नु भएको छ ?
भेला चन्डेस्वरी मन्दिर (टोखा)मा राखेका छौं ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend