भक्त के सी
खबरब्रेकिंग,काठमाडौं, असार ४ गते । नेपालमा सडक दुर्घटना पछिल्लो ५ वर्षमा मात्रै नेपालमा १ लाख ३८ हजार ४२३ वटा सडक दुर्घटना भएका छन्।कहालीलाग्दो सडक दुर्घटनाः न्यूनीकरणका लागि केही त गर सरकार । पछिल्लो समय नेपालमा सडक दुर्घटना दिनानुदिन बढिरहेको छ । जसले गर्दा मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ। काठमाडौँ– प्रहरीको तथ्यांकअनुसार नेपालमा दैनिक सरदर ९० वटा सडक दुर्घटना हुने गरेको छ , पछिल्लो ८ वर्षमा नेपालमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ हजार ३५८ पुगेको छ। नेपालमा सडक दुर्घटनाको कारणहरुमा सडकको दुरा अवस्था पनि एक हो ।सवारी साधनको अवस्थाको नियमित चेकजाच नगराइनु, पूरानो साधनको प्रयोग गर्नु, सवारी अनियन्त्रित रुपमा बढ्नु आदी कारणले पनि दुर्घट्नालाई निम्ताउने गर्दछ । नेपालमा झण्डै ५० प्रतिशत चालकहरुसंग अनुमति पत्र नै छैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यसले गर्दा दूर्घटनामा बृद्धी मात्र हैन समष्टीगत यातायात व्यवसायमा नै प्रतिकूल असर परेको छ ।यसरी नेपालमा हुदै आएको कहाली लाग्दो दुर्घटनालाई न्यूनीकरण गराउनको लागि तत्कालिनको लागि सवारी चालक अनुमतीपत्र यथाशिघ्र जारी गर्ने व्यवस्था मिलाउनु पर्दछ । सवारी चालक सहचालक र अन्य स्टाफहरुलाई अनिवार्य रुपमा पोशाक लगाउने व्यवस्था गर्ने, सवारीसाधन चलाउदा चालकको मोबाइल बन्द राख्नेर म्युजिक सिस्टम चालक क्याविनबाट हटाउने कार्य गर्नु पर्छ । लामो दुरीको सवारीसाधनमा दूई जना सवारीचालक राख्ने प्रावधानलाई कडाईका साथ लागु गर्नुपर्दछ । चालक सहचालक लगायतका यातायात मजदुरहरुलाई नियुक्तिपत्रको व्यवस्था गरी सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने व्यवस्था मिलाउनुपर्ने देखिन्छ । त्यसै गरी तीब्र गतिलाई नियन्त्रण गर्न सबै रुटमा टाइमकार्डको व्यवस्था गर्नु पर्दछ । त्यसको लागि निःशुल्क फोनको व्यवस्था गर्ने तथा ट्राफिक प्रहरी कार्यालयमा द्रुत कारवाही कन्ट्रोल रुमको व्यवस्था गरीनुपर्दछ । सडकमा संभाव्य दुर्घटना स्थलको यकिन गरी ती स्थानहरुमा ट्राफिक संकेत तथा सूचना बोर्ड राख्ने व्यवस्था मिलाउने, मालवाहक सबै गाडीहरु धर्मकाँटामा तौल लिने, बढी तौल भएको हकमा जरिवाना गर्ने र बढी आउने तौल पल्टी गरेर मात्र लैजान दिने व्यवस्था गर्नुपर्दछ । धेरै दूर्घटना हुने स्थानहरुको पहिचान गरी त्यस्ता मार्गहरुमा उद्धार सेवा केन्द्र स्थापना गर्ने र लोकमार्गमा चेक पोइन्टको निर्धारण गरी एकिकृत जाँच प्रणाली लागु गर्नुपर्दछ ।बडी दुर्घटना सवारी साधनहरू कारण , ब्रेक वा स्टेयरिङको विफलता, टायर फुट्नु, अपर्याप्त हेडलाइट, ओभरलोडिङ, प्रोजेक्टिङ लोड। सडकको अवस्था खाल्डाखुल्डी, बिग्रिएको सडक, ग्रामिण सडक राजमार्गमा मिलाइने भत्किएको सडक, डाइभर्सन, अवैध स्पीड ब्रेकरहरू। मौसम अवस्था कुहिरो, हिउँ, भारी वर्षा, हावा हुरी, असिना आँधी।नेपालमा मोटरसाइकल दुर्घटना बडी रोङ्ग साइड ओभरटेक गति सीमा भन्दा बढी गर्नु, देखाउन खोज्ने बाइक चालक दुर्घटना परेको देखिन्छ।
प्यूठानको स्वर्गद्वारी नगरपालिकामा सोमबार भएको कार दुर्घटनामा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ । सो गाडीमा जिल्लाको स्वर्गद्वारी मन्दिरबाट फर्किएका दुई महिला, एक पुरुष र चार बालबालिका गरी सात तीर्थयात्री सवार थिए । चार दिन अघि जेष्ठ मैनाको २०८० को समाचार हो , प्रतेक बर्ष स्वर्गद्वारी जाने सरदालुहरुको दुर्घटना हुन्छ। के हेरी राहा छ सरकार विभागीय प्रमुखहरु, किन ध्यान जादैन कस्तो सस्कार बोकेका छ। किन दृस्टी बिहिन बहिरा मानिसहरूको समाज जस्तो बन्दै छ देश एक पटक घटना घटेपछी चासो राख्नु पर्छ कि पर्दैन रु सडक दुर्घटना न्यूनीकरण र रोकथामको निम्ति सडक सुरक्षाबारे चेतनामुलक कार्यक्रम र अभियानहरु सञ्चालन गर्नु आवश्यक छ कि छैन ? सरकार पक्ष्यले तुरन्तै मर्मत सम्बार सडक निर्माण तिर लाग्नु पर्छकी पर्दैन ?
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को अध्ययनअनुसार नेपालमा वार्षिक पाँच हजार एक सय १५ जनाको ज्यान सडक दुर्घटनामा जाने गरेको छ ।दुर्घटना हुने कारणमध्ये चालकको लापरबाही, सवारी अतितीव्र गति, मादक पदार्थको सेवन, सवारीको यान्त्रिक गडबडीलगायत रहेका छन् । राजधानीलगायत सहरी क्षेत्रमा सवारीको अत्यधिक चाप, कमजोर ट्राफिक व्यवस्थापन, सहरी मापदण्डअनुसारको गुणस्तरीय सडकको अभाव, चालकको लापरबाही, यात्रुहरूको जथाभावी सडक काट्ने प्रवृत्ति, सडकका पेटीहरूको अतिक्रमण, पुराना सवारीको बाहुल्यता, ट्राफिक संकेतको अभावलगायतका कारण सवारी दुर्घटना बढ्ने गरेको छ ।
नागरिकले सडक दुर्घटनाबाट बच्नको लागि सबैभन्दा ठूलो उपाय भनेको तपाई हामी लाई सुरक्षित राख्नका लागि भएका सबै नियमहरू पालना गरिरहनु पर्छ भन्ने चेतनाको सुनिश्चित गर्नु पर्छ
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend