सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

खबरब्रेकिंग, काठमाडौं,असार ३ गते ।प्रधानमन्त्री पुष्पकमल दाहालले बाढीपहिरोका घटनामा खोजी, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। आज बिहान समाजिक सन्जालमार्फत प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय लगायतलाई निर्देशन दिएका हुन्।

‘बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’ प्रचण्डले सामाजिक सञ्जाललमा लेखेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend