शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबिच मर्जर प्रस्ताव पारित

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबिच मर्जर प्रस्ताव पारित

२६जेठ ,काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो पाँचौ वार्षिक साधारण सभाबाट  प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गरेको छ ।

कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश पनि  अनुमोदन गरेको छ । सभाले चुक्ता पुँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पास गरेको हो ।

सभाले समूह ‘क ‘ अर्थात संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुुुशन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध चयन गरेको छ ।

मर्जरपछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स” रहने विशेष प्रस्ताव पनि पास भएको छ । प्रभु र महालक्ष्मीबीच मर्जरका लागि कायम १ बराबर १ शेयर अनुपातको स्वाप रेसियो पनि अनुमोदन भएको छ ।

आजै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं बार्षिक साधारणसभाले पनि प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने विशेष प्रस्ताव पास गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend