खबरब्रकिंग,काठमाडौं,जेठ २६ गते। साहित्यिक पत्रकार संघले एक कार्यक्रमको आयोजना गर्दै साहित्यकार वेदकुमारी न्यौपानेको कविता र नाटकमाथि परिचर्चा गरेको छ ।
कार्यक्रमका हिरण्यकुमारी पाठकले साहित्यकार न्यौपानेको साहित्यिक यात्राको आफू साक्षी रहेको बताउँदै बितेको लामो समय चर्चामा नरहे पनि साहित्य साधनामा निरन्तर क्रियाशील रहेको बताइन् । कार्यक्रममा प्रमोद प्रधानले वेदकुमारी न्यौपानेका कविताबारे चर्चा गरे भने डा। शान्तिमाया गिरीले उनका नाट्यकृतिहरूमाथि बोलेकी थिइन् । कार्यक्रममा राधेश्याम लेकाली, रेखा यादव, श्रीओम रोदन र प्रा डा गोविन्दमानसिंह कार्की, युवराज नयाँघरे, वेदकुमारी न्यौपानेलगायतले बोलेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend