सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

खबरब्रेकिंग,काठमाडौं, जेठ २४ गते। आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारभाउ हिजो मंगलवारको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ । हिजो मंगलबार पनि यहि मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend