खबरब्रेकिंग,काठमाडौं, जेठ २४ गते। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नेताहरुको कार्यविभाजन गरेको छ। जसअनुसार युवा संघको प्रवक्तको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।
यसैगरी विनय शाहलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने राकेश राईलाई कोषाध्यक्षको जिम्मवारी दिइएको छ। अमित पौडेललाई युथफोर्स, अजित लामालाई साइबर सर्कल, सम्पन्न श्रेष्ठलाई खेलकुल र कृष्णदत्ता जैशीलाई कार्यालय विभागको जिम्मेवारी दिएको युवा संघले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend