सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विकल्प खोज्नु पर्ने जरुरी छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विकल्प खोज्नु पर्ने जरुरी छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

खबरब्रेकिंग,काठमाडौं, जेठ २२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विकल्प खोज्नु पर्ने जरुरी भएको बताएका छन ।डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) को ४३ औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन । उनले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रुका रुपमा देखिन थालेको बताए । सरकारले यसका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै आएको उनको भनाइ छ ।

कार्यशालाको उद्घाटन सत्रमा मन्त्री बस्नेतले कोरोना महामारीको समयमा खोप उपलब्ध गराएर सहयोग गर्ने सबै देशलाई धन्यवादसमेत दिए। संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा पाउने नैसर्गिक अधिकारलाई पूरा गराउन सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेशका सदस्य डा दिनेशचन्द्र देवकोटाले नेपालको सन्दर्भमा प्लास्टिक प्रदूषणलाई कसरी रोक्न सकिन्छ भनेर सोच्नु आवश्यक भएको बताए । “हाम्रो नीतिगत व्यवस्थाको कमजोरीलाई सच्याउनु जरुरी छ । उत्पादकलाई पनि प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्छ”, उनले भने ।

कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित प्रतिनिधि, भारत, बंगलादेश, श्रीलंकालगायतका इञ्जिनीयर एशोसिएसनका प्रतिनिधिलगायतको सहभागीता रहेको थियो

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend