खबरब्रेकिंग,काठमाडौं जेठ २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शैयाको १० प्रतिशत विपन्न,असहाय,बेवारिसे बिरामीलाई छुट्याइ निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।
मन्त्रालयका उपसचिव एकदेव खनालले आज छुट्टाछुट्टै पत्रचार गरी यस्तो निर्देशन दिएका हुन्। उनले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी,सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्रचार गरी कूल शैयाको १० प्रतिशत विपन्न,असहाय,बेवारिसे बिरामीका लागि शैय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका छन ।
पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न,असहाय,बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कूल शैयाको १० प्रतिशत बिरामीको निःशुल्क उपचार अनिवार्य गर्न गराउन अनुरोध गरिएको छ ।
मन्त्रालयले कूल शैयाको १० प्रतिशत विपन्न,असहाय,बेवारिसे बिरामीको निःशुल्क उपचार गराएरनगराएको नियमित अनुगमन हुने जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend