नेपाल बैंकले शुक्रबारदेखि फर्दर पब्लिक इस्यु (एफपिओ) निष्कासन खुला गरेको छ । बैंकले छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेसम्म निष्कासन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बैंकले प्रति साधारण शेयर एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थप गरी २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार ८८५ कित्ता एफपिओ निष्कासन गरेको हो।संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिन देखिनै संगठित संस्थाले आवेदन दिने पाउने छन्। न्यूनतम १० कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने बैंकले जनाएको छ।नेपाल राष्ट्र बैंकको नियम अनुसार आवेदकले अधिकतम १५ प्रतिशत ननाघ्ने गरी आवेदन दिन पाउने छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend