सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पानी जहाजको बिरोध गर्नेलाई प्रधानमन्त्रीेले किन गरे कलकत्ता जाने निम्ता ?

पानी जहाजको बिरोध गर्नेलाई प्रधानमन्त्रीेले किन गरे कलकत्ता जाने निम्ता ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज नेपालमा चलाउने कुरा पहिलो पटक प्रधानमन्त्री हु“दा देखी बाट नै कुरा गदै आएका छन् । तर उनले पानी जहाज नेपालमा चल्ने कुरा धेरैले बिश्वास गरे पनि कतिले हावादारी गफ भनेर पनि भन्दै आएका छन् । केही मानिसहरुले प्रधानमन्त्रीको पानी चहाज भनेर काठमाडौमा जमेको मानिमा कागजको पानी जहाज बनाएर छोड्ने पनि गरेको पाइन्छ ।

प्रधानमन्त्री ओली भारत भ्रमणको क्रममा होस वा चीन भ्रमण गर्दा होस पानी जहाजको बिषयलाई महत्वपूर्ण तवरबाट उठाएको पाईएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १६ मा पानी जहाज चढेर कलकत्ता जान निम्ता दिएका छन् । राजधानीमा आयोजित ’नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले रेलका कुरा गर्दा विरोध गर्नेहरुलाई ठाडो चेतावनी दिंदै आगामी पुस १६ मा पानी जहाज चढेर कलकत्ता जान निम्ता गरे ।

उनले बिगतमा र अहिले बोलेका कुरा मिडियामा रेकर्ड भएर बस्ने भन्दै आफुले हावादारी कुरा नगरी सत्य कुरा गरेको उनको भनाई छ । साथै प्रधानमन्त्री ओलीले आफूले नाकाबन्दीको युग समाप्त गरेको पनि दाबी गरे । बाह्य हस्तक्षपको युग बन्द भएको भन्दै उनले नवगठित पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मार्क्सवादको पक्षमा छैन भन्ने वुद्धिजीवीहरूले मार्क्सवाद नै नपढेको दाबी गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend