बिभिन्न मुलुकमा नेपालीहरु जेलमा परेको समाचार बारम्बार आउने गर्छ । कति त्यह“ाको कानुन बारे जानकारी नभएर वा बिभिन्न गल्ती गरेको कारण जेलमा बस्न बाध्य छन् । यस्तै सरकारले विभिन्न मुलुकको जेलमा ३ सय ३५ नेपाली रहेको जनाएको छ । साथै २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न उतर दिदैं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली जेलमा छन् ।
यस्तै यूएईमा ६३ र बैंककमा ३९ जना नेपाली जेलमा छन् । बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २ र २ तथा कम्बोडिया र लेबनानको जेलमा १ ÷ १ जना नेपाली रहेको मन्त्री ज्ञवालीले बताए । मृत्युदण्ड पाएकाहरुको सजायलाई आजीवन कैद र गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend