पटक पटक बिभिन्न देशका लागी राजदुत निनूक्ती गर्दा सरकारको आलोचना हुने गर्छ । राम्रो योग्य मान्छे भन्दा पैसावाला अर्थात पैसा खनाउन सक्नेलाई नियूक्ती गर्ने गरेको भन्दै जनस्तर बाटै बिरोध हुदै आएको छ । तर अव सरकारले यसमा सवै कुरा हेरेर मात्र नियूक्ती गर्ने बताएको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदूत नियुक्तीलाई व्यवस्थित, मयादित र पारदर्शी बनाउने दावी गरेका छन् । मन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा मात्र राजदूत नियुक्ती गर्ने उनको भनाई छ । उनले नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको समेत बताउदै उनले तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारी गरिरहेको समेत बताए ।
बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका परराष्ट्र मामिलासम्बन्धि जिज्ञासाहरुको जवाफ दिँदै उनले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएको सिमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको कामलाई अघि बढाएको पनि जानकारी दिए । मन्त्री ज्ञवालीले नेपालमा रेल सेवा संचालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको दावी पनि गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend