सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रोजगारीको लागी मलेशिया जाने प्रकृया बन्दको असर एयरलाइन्स माथि

रोजगारीको लागी मलेशिया जाने प्रकृया बन्दको असर एयरलाइन्स माथि

International Terminal of Tribhuvan International Airport. Photo: THT

नेपालको अर्थतन्त्र खाडी मुलुकमा नेपाली कामदारले रगत पसिना बगाएर कमाएर पठाएको रेमिट्यान्सबाट चलाएमान छ । नेपालमा पर्याप्त मात्रमा रोजगारीको अवसर नह“ुदा बैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता अहिले यथार्थ हो । नेपालमा राजनैतिक दल र सरकारले नेपालका यूवायूवतीलाई रोजगारी दिने पटक पटक भाष्ण गरेपनि कार्यान्वयनमा भने त्यति ध्यान जान सकेको देखिदैन ।

सरकारी आकंडालाई हेर्ने हो भने दैनिक १ हजार देखी १२ सय सम्म रोजगारीको खोजिमा बिदेश जाने गरेको पाइन्छ । तर पछिल्लो समय सरकारले मलेशियामा रोजगारीमा जाने कामदारको प्रक्रिया रोक्दा रोजगारीको लागी मलेशिया बन्द भएको छ । सरकारले भीएलएन, वानस्टप, बायोमेट्रिक मेडिकल लगायत संस्थाले मलेशिया जाने कामदार माथि आथिक भार थपेको भन्दै व्यवसायीलाई पक्राउ गरेर छाडेको छ । तर मलेशिया कहिले खुल्छ भन्ने अझै अन्योल छ ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत यसको जबाफ दिन सकेको देखिदैन् । मलेसियामा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीले मलेशिया रोजगारीमो लागी प्रक्रिया कहिले खुल्ला भन्ने आशमा छन् । मलेशियामा रोजगारी बन्द ह“ुदा कतिले रेमिटयान्स भित्रनेमा असर हुन सक्ने बताउन थालेका छन् । यस्तै कामदारको संख्या घट्दा काठमाडौं–क्वालालम्पुर र क्वालालम्पुर–काठमाडौं उडान गर्ने एयरलाइन्सहरु उडान संख्या घटाउन बाध्य भएका छन । वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिने मलेसियामा अहिले म्यानपावर एजेन्सीहरुले कामदार पठाउने प्रक्रिया बन्द छ । सन् २०१८ को अप्रिल महिनामा मलेसिया जाने हवाई यात्रु संख्या ४४ हजार ६ सय ८६ थियो भने उक्त संख्या गत मे महिनामा घटेर ३६ हजार ८ सयमा सीमित भएको छ । जुन महिनामा झै घट्ने देखिएको एयरलाइन्स कम्पनीहरुले जनाएको छ । त्रिभुवन अन्तरा्िष्ट्रय विमानस्थलले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनाको १५ दिनमा मलेसियातर्फ जम्मा १५ हजार ७ सय ९७ मात्रै हवाई यात्रु रहेको जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend