सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दशै अगावै काठमाडौ उपत्यकामा मेलम्ची आउँछ मन्त्रीः मगर

दशै अगावै काठमाडौ उपत्यकामा मेलम्ची आउँछ मन्त्रीः मगर

खानेपानी मन्त्री बिना मगरले दशै अगावै काठमाडौमा मेलम्चीको खानेपानी उपलब्ध गराउने बताएकी छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा खानेपानी मन्त्रालयको विनियोजन माथि उठेका प्रश्नको जवाफ दिँदै उनले दशै अगावै उपत्यकामा खानेपानी उपलब्ध हुने बताइन् ।

मेलम्ची खानेपानी आयोजनामा भएको ढिलाइ र विवाद मिलिसकेको र आयोजनामा भएको ढिलाइप्रति मन्त्रालय गम्भीर भएको र त्यसलाई छिटो सक्नेबारे काम भइरहेको उनको भनाइ थियो । यस्तै जनतालाई स्वच्छ पानी उपलब्ध गराउनु सरकारको दायित्व भएको र त्यसका लागि मन्त्रालय लागिपरेको उनको भनाइ थियो । तराईका जिल्लामा आर्सेनिक मुक्त पिउने पानीको प्रबन्ध गर्न पनि सरकार प्रयासरत रहेको बताइन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend