चीन भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सोमबार गर्ने भनिएको सम्बोधन अन्तत स्थगित भएको छ । प्रधानमन्त्री ओलीले भोली (मंगलबार)संसदलाई सम्बोधन गर्ने प्रधानमन्त्री निवास कार्यालयले जनाएको छ । ओलीले चीन भ्रमण पछि आज के बोलान भन्ने सवैलाई चासो भएपनि तयारी नपुगेपछि स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीले मंगलबार दिउँसो २ बजे संसदलाई सम्बोधन गर्नेछन् । मंगलबार संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् लगायतका कार्यालयको मन्त्रालयगत छलफल हुने कार्यक्रक्रम रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend