सवै स्थानीय तहमा कर्मचारी नपुगेको गुनासाहरु आइरहेको वेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असारको अन्तिम हप्ता सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुग्ने बताएका छन् । मन्त्री पण्डितले अव चाडै १० हजार भन्दा बढी कर्मचारी स्थानीय तहमा पठाउन मन्त्रालयले गृहकार्य थालेको खुलासा गरे ।
विराटनगर विमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै यस्तो कुरा बताएका हुन् । मन्त्री पण्डितले स्थानीय तहमा प्रशासनिक प्रमुख पठाउने काम पूरा भएको र अफिसर लेभलका कर्मचारी पनि ७५ प्रतिशत पूरा भएको जानकारी दिए । अब सहायक स्तरका कर्मचारी पनि असार मसान्तभित्र पठाइसकिने उनको भनाइ छ ।
स्थानीय तहमा तल्ला तहका कर्मचारी करारमा नियुक्ति गर्नेक्रममा जनप्रतिनिधिका आफ्नै छोरी, भाइ, जेठान भएको पाइएपछि तत्काललाई स्थानीय तहमा कर्मचारी नियुक्ति बन्द गरिएको उनले जानकारी दिए । उनले केन्द्रीय तहबाट हाललाई कर्मचारी व्यवस्थापन गर्ने र चाँडै प्रादेशिक लोकसेवा आयोगको व्यवस्था गरी प्रादेशिक लोकसेवा मार्फत राष्ट्रिय मापदण्ड अनुसारको राष्ट्रसेवकको नियुक्ति गरिने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend