मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

किन रिसाए स्वास्थ्यमन्त्री संग गगन ?

किन रिसाए स्वास्थ्यमन्त्री संग गगन ?

बर्तमान सरकार संग नेपाली कांग्रेस असन्तुष्ट हुदै आएको छ । सरकारको कार्यशैली प्रति खुलेरै बिरोध गदै आएको छ । बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार एकलौटी अर्थात सबिधानको भावना बिपरित हिडेको उसको आरोप छ । यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले मन्त्रालयगत बजेट तयार पार्दा स्वास्थ्यमन्त्रीले आफुखुसी गरेको आरोप लगाएका छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले कार्यक्रम तय गर्दै गर्दा मन्त्रालयले गरेका नीतिगत प्रयासहरुलाई छाडेको भन्दै आक्रोष पोखे । जनशक्ति अभाव, कमजोर संरचना कमजोर लगायतका समस्या रहेको भन्दै उनले स्थानीय तहलाई दिएको अधिकार फेरि केन्द्रमा फर्काउन खोजेको उनको आरोप छ । पूर्वमन्त्री थापाले स्वास्थ्य विमाबारे सरकारको बुझाइमा नै समस्या देखिएको दावी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend